१७ फागुन, म्याग्दी । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताएकी छन् । मन्त्री बनेपछि गृह जिल्ला आएकी थापाले स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत मुलुकको समृद्धि हासिल गर्न सरकारले हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गर्ने निर्णय गरेको बताइन् ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले मुलुकको समृद्धि, सशासन, विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले जनताले अनुभूति गर्ने पनि दाबी गरिन् । रासस
प्रतिक्रिया