१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ वटा स्थानीय तहमा नेपाल इन्भेष्टमेन्ट बैंकका साखा



१५ फागुन, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन ३ वटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिका स्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिका स्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

यी संगै अब बैंकको शाखा संख्या ६६ पुगेको छ । ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

१० अर्ब ६२ करोड चुक्तापूँजी रहेको सो बैंकको निक्षेप १ खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी १ खर्ब १४ अर्ब रहेको छ ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००