२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध ढुङ्गा गिट्टी उत्खननमा प्रयाेग भइरहेका २४ ट्र्याक्टर नियन्त्रण



१२ फागुन, चितवन । पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा ढुंगा गिट्टी उत्खननमा प्रयोग भइरहेको २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेण्डर हुने गरेको छ ।

यसअघि पनि पटक–पटक अवैधरुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको प्रमुख वनले बताए ।

चितवनका खोलाहरूमा पछिल्लो समय अवैधरुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको गुनासो आइरहेको छ । प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।

सो क्षेत्रबाट लाखौँ टिप अवैधरुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताए । उक्त क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ००:००