३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८५ करोडको लागतमा खानेपानी आयोजना

लेखक स्थानीय खबर ११ फाल्गुन २०७४, शुक्रबार १ मिनेट पढाइ

११ फागुन, मंगलबारे– इलाम ।
इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक एडिबीको ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग मार्फत तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

आयोजना सञ्चालन गर्न उपभोक्ताले ५ प्रतिशत व्यहोर्नुपर्ने छ । आयोजना सम्पन्न भएपश्चात् सिँचाइसमेत गर्न सकिनेछ । उक्त आयोजना सञ्चालन गर्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकारवाला निकाय र बासिन्दासँग छलफल भइरहेको छ ।

आयोजना सञ्चालन गर्दा उपभोक्ताबाट लागतको ५ प्रतिशत सहभागिता हुनुपर्ने छ । त्यसका लागि स्थानीय उपभोक्ताले १५ हजार रकम व्यहोर्नु पर्ने समितिले निर्णय गरेको छ । करिब तीन हजार उपभोक्ताबाट साढे चार करोड रकम उठाउने समितिको लक्ष्य छ । त्यस्तै नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसिदिनुपर्ने आयोजनाको नीति छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि विभागले प्राविधिक टोली खटाइसकेपछि विभिन्न बहानामा पानी आउन सकेको थिएन । बढ्दो शहरीकरण, जनघनत्वका कारण इलाम बजारमा पानीको हाहाकार छ ।

इलाम नगरवासी तथा मुहान क्षेत्र माइमझुवाका स्थानीयवासी आयोजनाप्रति सकारात्मक भएकाले अब पानी आउने निश्चित भएको छ । आयोजना दुई वर्षभित्रमा सम्पन्न हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।