५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर कप भलिबलको उपाधि सूर्यविनायकलाई



८ फागुन, भक्तपुर ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ ।

यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक नगरपालिकाले गोदावरी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५,–२३ ले विजयी भएको सूर्यविनायक तेस्रो सेटमा भने २५–२३ को पराजय भोग्यो ।

त्यस्तै, खेलको अन्तिम सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्दै सूर्यविनायकले उपाधि चुम्न सफल भयो । त्यसैगरी, प्रतियोगितामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भयो भने ललितपुर महानगरपालिका चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

प्रतियोगितामा उपाधि सहित सूर्यविनायकले १ लाख ५१ हजार पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थान हासिल गरेको गोदावरी नगरपालिकाले ७५ हजार, तेस्रो स्थान हासिल गर्ने तिलोत्तमा ३० हजार र चौथो हुने ललितपुरले २० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता नगरपालिकालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टी सचिव प्रेम सुवालले पुरस्कार प्रदान गरे । प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००