१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरधामको सफाइ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर



३ फागुन, काठमाडौं ।
जनकपुर उपमहानगरपालिका क्षेत्रमा सरसफाइ तथा आसपासका पोखरीको संवर्द्धन गर्ने उद्देश्यले ‘जनकपुरधाम सहलगानी ड्रेनेज आयोजना’ को सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र नगर विकास कोषका प्रमुख मनिराम सिंह महतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आयोजनाले अगामी तीन वर्षभित्रमा सरसफाइका विश्वसनीय सुविधा विस्तार गर्ने, सोहीअनुसार भौतिक संरचना निर्माण गर्ने र त्यसपछिको व्यवस्थापन, नियमित मर्मतसम्भार तथा संचालन गर्ने सो सम्झौता पत्रमा उल्लेख छ ।

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले जनकपुर नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको शहर भएकाले यस क्षेत्रको सरसफाइ तथा सुधार हुन आवश्यक रहेको बताए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले उक्त सम्झौताले पोखरीको संवर्द्धन, सुलभ शौचालय तथा स्वास्थ्य वातावरण कायम हुन मद्दत पुग्ने बताए ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले उक्त आयोजनालाई मूर्त रुप दिन आफूले दिनरात मेहनत गर्ने प्रतिबद्वता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००