१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धिः प्रधानमन्त्री



३ फागुन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा ३ वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठन समेत यही अवधिमा भएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारण लाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गरे ।

जनताको हितलाई ध्यानमा राखेर छिमेकीसंग समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको बताउँदै प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा समेत उत्साहजनक रुपमा उल्लेखनीय प्रगति भइरहेको धारणा व्यक्त गरे ।

सम्बोधनका क्रममा उनले वर्तमान सरकारमा सहभागी भएका र समर्थन गरेका सबै दललाई धन्यवाद दिँदै आजै पदबाट राजीनामा दिने घोषणा गरे ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००