६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँ एक महिनादेखि प्रजिअविहीन हुँदा समस्या



३ फागुन, दमौली– तनहुँ ।
तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो ।

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारी सम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा जिल्ला प्रशासन कार्य सञ्चालन हुँदै आएको छ । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा गर्ने सबै काम आफूले गरिरहेको बताए ।

केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारी सम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ । सेवाग्राहीका कुनै पनि काम नरोकिएको सहायक प्रजिअ पौडेलको दाबी छ । निमित्तले गर्न मिल्ने जति सबै काम आफूले गरिरहेको उनले बताए । नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्नेमा जिल्ला प्रशासन कार्यालयसमेत अनभिज्ञ छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए ।

केही वर्षअघि प्रजिअ नहुँदा भूपू सैनिकको सिफारिश रोकिँदै आएको थियो । पछिल्ला वर्षमा पेन्सन क्याम्पसँग समन्वय गरी त्यस्ता सिफारिशहरु प्रजिअ नहुँदा निमित्त प्रजिअले समेत गर्नसक्ने व्यवस्था मिलाएकाले यसपटक त्यस्तो समस्या नरहेको दाबी सहायक प्रजिअ पौडेलको छ । तनहुँ जस्तो जिल्लालाई एक महिनादेखि प्रजिअविहीन बनाएर राख्नु राज्यको गैरजिम्मेवारीपन भएको तनहुँवासी बताउँछन् ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००