११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराका गाउँपालिकामा बैंक स्थापना नहुँदा सेवाग्राही मर्कामा



२९ माघ, डडेल्धुरा ।
डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेका छैनन् ।

बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी दैनिक खर्च हुने गरेको भागेश्वर गाउँपालिका रुपालका सर्वसाधारणको भनाइ छ ।

सामान्य चेकका लागि पनि सदरमुकाम जाँदा उपभोक्ताले पाउनुपर्ने रकमभन्दा पनि बढी खर्च आउने गरेको स्थानीयवासी लोकराज भट्टले बताए ।

उपभोक्ताको कामदेखि कार्यालयको भुक्तानीका लागिसमेत जिल्लामा जानु पर्दा धेरै असहज भएको भगेश्वर गाउँपालिका अध्यक्ष कोशिलाकुमारी भट्टको भनाइ छ । बैंक नहुँदा गाउँपालिकाको एकजना कर्मचारीलाई थोरै रकमको चेक साट्न सदरमुकाम लगाउँदा काममा समेत बाधा भएको छ ।

भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका, नवदुर्गा, आलिताल र गन्यापधुरामा समेत बैंक स्थापना हुन सकेको छैन । आवश्यक पूर्वाधार नहुँदा बैंक राख्न कठिनाइ भए तापनि काम र भुक्तानी छिटोछरितो गराउनका लागि चाँडै पहल गरी स्थापना गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए ।

नवदुर्गा गाउँपालिका पुग्न वडा नं ५ वाट त्यसै पनि ५ घण्टा लाग्ने भएकले एक दिन गाउँपालिकाबाट भुक्तनी लिन लाग्छ भने दुई दिन सदरमुकाममा चेक साट्न नवदुर्गाका निर्माण व्यवसायी टेकबहादुर साउदले भने ।

जनतालाई सुविधा दिलाउनका लागि स्थानीय निकाय गठन भए तापनि धेरै जसो कामकाज गर्न भने असहज भएको निर्माण व्यवसायी बताउँछन् । स्थानिय निकायमा बैंकहरु समयमा स्थापना नहुँदा थोरै रकमका योजनाको भुक्तानी लिन कठिनाइ भएको सर्वसाधारण बताउँछन् ।
रासस

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ००:००