१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरका भित्री भागमा सवारी व्यवस्थापन हुँदै



२८ माघ, ललितपुर ।
ललितपुर महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।

पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

कुन कुन ठाउँमा र कसरी ‘वान वे’ लागू गर्ने भन्ने अध्ययन भइरहेको छ । उनले भने, “मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरु क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ ।”

सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जन बताउछन् ।

सोबारे ट्राफिक प्रहरी, जातीय समूह लगायत सरोकारयुक्त निकायसँग छलफल भइरहेको छ । आगामी वैशाख १ गतेदेखि लागू गर्ने गरी तयारी अघि बढेको महानगरपालिकाले जनाएको छ । उनले भने, “अध्ययन र छलफल दुवै भइरहेको छ ।”

केही वर्ष पहिलेदेखि ग्वार्खोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटामा ‘वान वे’ पद्धति लागू छ । यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ । भित्री भागमा ‘वान वे’ लागू गर्नुपर्ने भनी ट्राफिक प्रहरीले बताउँदै आएको थियो ।
रासस

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार ००:००