६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट जिल्ला दमकल सेवाविहीन



२७ माघ, नुवाकोट । नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ । यहाँ रहेका बाह्र स्थानीय तहमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । २ नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा नहँुदा अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।

वि.सं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त भएको विदुर नपाको दमकल ट्यांकी चुहिने भएर ‘बिग्रिएकाले ममर्त नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना निकालेर थन्क्याएपछि सिंगो जिल्ला नै दमकल सेवाको सुविधा पाउनबाट बञ्चित भएको हो ।

शुक्रबारदेखि विदुर नपाले सूचनामार्फत मर्मत नभएसम्मका लागि दमकल सेवा अवरुद्ध रहेको सूचना जारी गरेको हो । विदुर नपाका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि १० लाख लाग्ने अनुमान गरिएको छ”, उनले भने, “मर्मत खर्चको अभाव र कम्तीमा एक महिना समय लाग्ने देखिएकाले अन्योलमा छौँ ।”

विदुर नपाको दमकलले नुवाकोटसहित रसुवामा समेत सेवा पु¥याउँदै आएको थियो । राज्य पुनःसंरचनाले स्थानीय तहको केन्द्र रहेको स्थान, भूकम्पपछि सर्वसाधारण एकीकृत बस्ती निर्माणतर्फ लागेकाले बढ्दै गएको बजारीकरण र घनाबस्तीले आगलागीको जोखिम बढ्दै गएको छ । यो वर्षको मंसिरदेखि माघ अन्तिम सातासम्म जिल्लामा सात स्थानमा आगलागी हुँदा एक जनाले ज्यान गुमाएका छन् ।

अहिलेको सुक्खायामममा डढेलो, आगलागीलगायतमा एम्बुलेन्स सेवाको भूमिका अतिआवश्यक भए पनि सिंगो जिल्ला नै दमकल सेवाविहीन भएको छ । रासस

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ००:००