११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने



२७ माघ, भद्रपुर ।
भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्नो ५ वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् ।

जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न आफूलगायत सबै जनप्रतिनिधि लागिपरेको बताउँदै यसका लागि तत्काल गर्न सकिने र दीर्घकालीन महत्व राख्ने योजना तयार गरी विकासलाई गति दिने जानकारी दिए ।

उनले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र र संग्रहालय बनाइने, विषादीरहित तरकारी तथ कृषि प्रणालीलाई टेवा दिने जस्ता कार्यक्रम राखिएको जानकारी दिए । अनुगमनमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला समन्वय अधिकारी खेमराज ओझासहितको टोली संलग्न थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत काजीमान राईले नगरपालिकाका योजना र कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा संयोजक पोर्तेलले स्थानीय तह स्थानीय सरकार भएकाले यसबाट सम्पादन हुने कार्य जनमुखी, वैज्ञानिक र व्यावहारिक हुनुपर्नेमा जोड दिए । जिल्ला समन्वय अधिकारी ओझाले स्थानीय तहलाई जनताको इच्छा एवं चाहनाबमोजिम विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक चन्द्रा श्रेष्ठले आफूले न्याय सम्पादन गर्दा न्यायिक अधिकारीको कमी रहेको कारण यहाँ दर्ता हुने मुद्दा फर्छ्योट गर्न समस्या उत्पन्न भएको बताए ।
रासस

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ००:००