१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा ३ अर्बको विकास आयोजना



२७ माघ, नेपालगञ्ज ।
एशियाली विकास बैंकको सहयोगमा यहाँ कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ ।

यसका लागि बैंकले करिब १ अर्ब ५० करोड ऋण अनुदान उपलब्ध गराएको छ । आयोजना प्रमुख सुनिलकुमार ठाकुरका अनुसार आयोजना सम्झौता भएको मितिले २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

आयोजना अन्तर्गत अहिले नेपालगञ्जको बेलासपुरदेखि खजुरा सडकखण्ड जोड्ने सडकको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जका भित्री सडक पनि निर्माण र मर्मत गरिने तथा पिछडिएका तथा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम सञ्चालन हुनेछ ।

सोही बैंकको ऋण अनुदान सहयोगमा उपमहानगरपालिकाले पनि सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने शहरी विकास आयोजना अन्तर्गत करिब ३६ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गरिने आयोजनाका टोलीनेता डा जनार्दन आचार्यले जानकारी दिए ।

सो आयोजना सञ्चालनका लागि बैंकले करिब एक अर्ब ५० करोड ऋण अनुदान सहयोग उपलब्ध गराएको छ ।
रासस

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ००:००