२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वखोला गाउँपालिकाकाे बाराहीटोलमा मोटरबाटो निर्माण



२६ माघ, रामपुर– पाल्पा ।
स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका– ३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ । पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँ देखि बाराही टोल सम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।

साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हुँदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी भएका छन् ।

पूर्वखोला गाउँपालिकाको ५० हजार र स्थानीवासीको १ लाख २५ हजार गरी जम्मा १ लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हुम नेपालीले बताए । यहाँ मोटरबाटो निर्माण भएपछि बाराही टोलका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।
रासस

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ००:००