६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार



२४ माघ, बझाङ ।
जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीलार्इ खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ ।

अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासंगै २ घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी कृष्ण सिंह बताउछन् ।

होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साह्रै समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विक बताउछन् ।

नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्ने स्थानीयवासी जोग कठायतको भनाइ छ ।
रासस

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ००:००