५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेर्मा–नेवई कृषि सडक स्तरोन्नतीको काम तिव्र



२४ माघ, तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिका– २, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे ५ किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवा लगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो ।

उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् । सडक निर्माण शुरु भएपछि गाउँवासी हर्षित भएको नेवईको ओयाक्जुङ उन्नत अदुवा कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद गिरीले बताए ।

साढे ५ किमी सडक निर्माणका लागि ३ करोड ३३ लाखको टेण्डर लागेको छ । अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी काम भएको छ । सडक बनेपछि ओयाक्जुङ र पौठाकका बासिन्दालाई लाभ मिल्नेछ ।

यसअघि गाविसको बजेटबाट ट्र्याक खुलेको भए पनि सडक स्तरोन्नतिका लागि उन्नति परियोजनाले सहयोग गरेकोमा स्थानीयवासी समेत खुशी भएको फेदाप गाउँपालिका– २ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताए ।
रासस

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ००:००