५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डन देउपुर नगरपालिकाको नगरसभाद्वारा ऐन तथा नियमावली पारित



२३ माघ, धुलिखेल ।
काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाको हिउँदे नगरसभाले पारित गरेको ऐन तथा विभिन्न नियमावली र कार्यविधि सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरसभाबाट भएका निर्णयबारे बनेपामा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

“हामीले गत माघ १७, १८ र १९ गते तीन दिनसम्म सञ्चालन गरेको नगरको हिउँदे नगरसभाले १० वटा ऐन र विभिन्न नियमावली तथा कार्यविधिलाई सर्वसम्मत पारित गरेका छौँ ।” उनले भने, “२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमकै सरोफेरोमा रही संविधान प्रद्धत्त अधिकारलाई समेत व्यवहारमै प्रयोगमा ल्याउन थालिसकेका छौँ ।”

नगरपालिकाका प्रशासकीय अधिकृत भीमकान्त शर्माले नगरसभाबाट निर्णय गरी पारित भएका ऐन र नियमावली तथा कार्यविधि कार्यान्वयनमा नगरपालिका अगाडि बढिसकेको बताए ।

नगरसभाले सहकारी ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, स्वास्थ्य तथा सरसफाइ ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, स्थानीय सेवा ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, शिक्षा ऐन, पूर्वाधार व्यवस्थापन ऐन, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र प्रमाणीकरण ऐन पारित गरेको छन् ।

बैठक सञ्चालन कार्यविधि, कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, सभा सञ्चालन कार्यविधि, शिक्षा नियमावली, आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षा सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, एफएम रेडियो कार्यविधि, व्यवसाय दर्ता नवीकरण र नियमन कार्यविधि, फोहरमैला व्यवस्थापन कार्यविधि, विपद् व्यवस्थापन कार्यविधि, संघसंस्था समन्वय तथा नियमन कार्यविधि र योजना तथा बजेट तर्जुमा दिग्दर्शन समेत पारित गरेको नगर प्रमुख वाइबाले बताए ।

उक्त नगरपालिकाले नगरसँग सीमा जोडिएका छिमेकी जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र साँगाचोकगढी नगरपालिकासँग समन्वय गरी दुई जिल्लाबीचको सिमानामा रहेको इन्द्रावती नदीले वर्षैपिच्छे बहाव परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पु¥याउनाका साथै नदी आवत जावतमा समेत समस्या उब्जाएकाले नदीको सीमाङ्कन गर्ने निर्णय गरेको जनाइएको छ ।
रासस

प्रकाशित मिति : २३ माघ २०७४, मंगलबार ००:००