१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वखोला गाउँपालिकामा जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन




२३ माघ, रामपुर– पाल्पा ।
पाल्पाको पूर्वखोला गाउँपालिका– १ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ ।

शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण भएको छ । एकतले तीन कोठासहितको भवन निर्माण गरिएको हो ।

स्थानीयवासीको ५ लाख ५० हजार जनश्रमदान, साविक सिलुवा गाउँ विकास समितिको ३ लाख ५० हजार र पूर्वखोला गाउँपालिका वडा नं १ को ५० हजार गरी जम्मा ९ लाख २८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

यस सामुदायिक स्वास्थ्य एकाइमा हाल १ जना अहेब, १ जना अनमी र १ जना कार्यालय सहयोगीले सेवा दिँदै आएका छन् । यहाँका स्थानीय चेतन जर्घा र कृष्ण नेपालीले भवन निर्माणका लागि जग्गा सहयोग गरेका थिए ।

नयाँ भवन निर्माण भएसँगै सेवासुविधा थप हुने स्थानीयवासीले आशा व्यक्त गरेको जग्गादाता कृष्ण नेपालीले बताए ।
रासस

प्रकाशित मिति : २३ माघ २०७४, मंगलबार ००:००