१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन



२१ माघ, जाजरकोट ।
जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो ।

सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको आवेदन प्राप्त भएकामा ९८ घरधुरीमा विद्युत् जडान गरिएको र नेपाल प्राधिकरणका शाखा प्रमुख लोक खड्काले जानकारी दिए ।

बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान शुरु गरिने उल्लेख गर्दै उनले पुरानो लाइन हटाउने र नयाँ लाइन जोड्ने काम भइरहेकाले केही समस्या भएको बताए ।

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकाममा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्द भएपछि सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य थिए ।
रासस

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार ००:००