१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा



१९ माघ, ललितपुर ।
नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । ‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ ।

उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुने उनी बताउछन् ।

अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उनी बताउछन् । कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट ५ अर्ब हो । ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ ।

उनी भन्छन्, “उपत्यकाभित्रै र बाहिर आउने जाने यात्रुले अब घण्टौँ जाममा फस्नुपर्ने छैन ।” चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलङ्की सडक निर्माणको ठेक्का लिएको छ ।

भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००