६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध सिमेन्ट जफतकाे क्रममा झडप, वडाअध्यक्ष घाइते



१८ माघ, रौतहट ।
रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो ।

जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी गराए ।

लाठी चार्जमा बौधिमाई नगरपालिका– ७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी गराए ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार ००:००