६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पनौतीका सम्पदाको संरक्षण शुरु



१४ माघ, बनेपा ।
काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ ।

पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा सांस्कृतिक पदयात्रा गरिएको छ । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिए ।

उनले पदयात्रामा संलग्न सहभागीसंग ३०० संकलन हुने र त्यसबाट सहभागीलाई खाना, नास्ता व्यवस्थापन गरिने जानकारी दिए । पनौती– ४ स्थित पशुपति मन्दिर परिसरबाट शुरु भएको पदयात्रा गणेशस्थान मन्दिर परिसरमा समापन हुने छ ।

पदयात्राका क्रममा योमरी स्तम्भ, गुप्तेश्वर मन्दिर, पनौती लायकू दरबार, त्रिवेणीघाट, फड्केश्वर मन्दिर, द्रौपदी मन्दिर, विष्णु मन्दिर, शान्ति संग्रहालय, ज्ञान विकास सामुदायिक पुस्तकालय र पनौती संग्रहालय समेत अवलोकन हुने बताइएको छ ।

पनौती शहरका विभिन्न स्थानबाट परम्परागत र लोपोन्मुख बाजागाजा सहित शुरु हुने पदयात्राका सहभागीलाई खाजाका लागि योमरीको उद्गमस्थल मानिएको पनौतीमा योमरी र समयबजीको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा तस्वीर प्रदर्शनी र सांस्कृतिक झाँकीसमेत प्रस्तुत हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : १४ माघ २०७४, आइतबार ००:००