२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान



१० माघ, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् ।

दिन प्रतिदिन बढ्दो सवारी साधन दुर्घटना बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जाकारी दिए ।

फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उनले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिए ।
रासस

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ००:००