२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घारमा अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण शुरु



९ माघ, बेनी– म्याग्दी ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।

१ करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार श्रीपञ्चमी पर्वका दिन संयुक्तरुपमा शिलान्यास गरे ।

हाल घारको स्वास्थ्यचौकी साँघुरो कोठामा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित सेवा सञ्चालन गर्नेगरी शुरु भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी ८ लाख जुटाएर थप २ रोपनी ९ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि ४ रोपनी १ आना क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको भवनको काम शुरु गरिएको वडाध्यक्ष बरुवालले जानकारी दिए ।

१५ शैया क्षमताको २ तले भवनका लागि शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत निर्माण कार्य शुरु गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बताए ।

अध्यक्ष बरुवालका अनुसार आगामी वर्ष २०७५ को असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिनेछ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
रासस

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार ००:००