१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटा नगरपालिकाले ८ वटा कानुन बनायो



६, माघ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले ८ वटा ऐन र त्यसको नियममावली तथा कार्यविधिहरू बनाएको छ । पहिलो नगर सभाबाट ऐन, नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारबमोजिम स्थानीय तहका लागि आवश्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

“संघीय कानूनसँग नबाझिने गरी कानून निर्माण गरेका छौँ,” उनले भने, “ऐन, नियमावली र कार्यविधि निर्माण गरिएपछि काम गर्न सहज भएको छ ।” उनका अनुसार कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालिका नियमावली २०७४, नगरपालिका नगर कार्यविभाजन नियमावली २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारी आचारसंहिता २०७४ निर्माण गरेर कार्यान्वयन गरिएको छ ।

यसैगरी, नगरपालिकाले कार्यपालिका निर्णय आदेश र अधिकारको प्रमाणीकरण कार्य विधि नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन निर्माण गरेको छ ।

संविधान र संघीय कानूनसँग नबाझ्ने गरी आवश्यकताअनुसार अन्य ऐन, नियमावली र कार्यविधि निर्माण गरिँदै लैजाने नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए ।

निर्माण भएका कानूनले नगरसभा सञ्चालन, कार्यपालिकाको बैठक सञ्चालन, करको दायरा निर्धारण, बजेट, आम्दानी र वडासम्म अधिकार प्रत्यायोजन गर्न सहज भएको छ । रासस

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ००:००