६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिक्लेसले नियमित विद्युत् उत्पादन गर्ने



४ माघ, पोखरा ।
कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ ।

डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए ।

केसी कन्स्ट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघिदेखि शुरु गरेको सो आयोजनाबाट १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कूल २ अर्ब ५ करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किमी केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सवस्टेशनमा जोडिएको छ ।

रन अफ द रिभर प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट ७ र वर्षायामको समयमा प्रतियुनिट ४ रूपैँयामा विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको निर्देशक केसीले बताए ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००