६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिद्वारा मनमती करिडोर आयोजना सञ्चालनको माग



३ माघ, काठमाडौँ ।
मनमती नदीपीडित समूहले नदी किनारमा मनमती करिडोर आयोजना सञ्चालन गर्न माग गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने उक्त नदी तथा त्यस वरपर क्षेत्रका प्रभावितले जनप्रतिनिधिको नेतृत्वमा मंगलबार काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई समस्याका बारे ध्यानाकर्षण गराएका हुन् ।

उक्त क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले उक्त नदीबाट काठमाडौँ महानगरपालिका–१३ र नागार्जुन नगरपालिका–४ का करिब २०० घरधुरी प्रभावित रहेको प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलाई जानकारी गराए ।

नेता श्रेष्ठले प्रत्येक वर्ष नदीले किनारा कटान गर्दा कालीमाटीदेखि सोल्टीमोड हुँदै बाफलसम्मका स्थानीयको घरमा पानी पस्नुका साथै रामकोट क्षेत्रमा डुबान हुने हुँदा उचित व्यवस्थापनको माग गरे ।

कामपा–१३ का वडाअध्यक्ष धु्रवनारायण मानन्धर र नागार्जुन नगरपालिका–४ का वडाध्यक्ष करुण वलामीले नदी छेउ पर्खाल लगाएर बाटो निर्माण भएमा समस्या समाधान हुने विचार व्यक्त गरे ।

प्राधिकरणका प्रमुख तिवारीले त्यस क्षेत्रको चाँडो विस्तृत अध्ययन गरी चालु आवमा करिडोर आयोजना सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००