६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु



 

३० पुस, संखुवासभा । जीप दुर्घटनामा पिर संखुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष खड्क कटुवालकाे मृत्यु भएकाे छ । कटुवालका साथै अरू ५ जनाकाे पनि मृत्यु भएकाे छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना भएकाे हाे ।  मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीय सुरेश राईको मात्र सनाखत भएको छ ।

प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्नेे सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनास्थलबाट अन्य तीनजनाको शव निकालिए पनि सनाखत भने भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस 

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार ००:००