५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीगञ्ज गाउँपालिकाको बजेट ५५ करोड



२७ पुस, सुरुङ्गा– झापा ।
५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले चालु आवका लागि बजेट सार्वजनिक गरे ।

आन्तरिक कर, राजश्व, नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानसमेत जोडेर अध्यक्ष श्रेष्ठले २०७४÷०७५ को बजेट सार्वजनिक गरेका हुन् ।

चालु खर्चतर्फ १९ करोड ५७ लाख ५५ हजार ७३३ (३५.४७५ प्रतिशत) र पूँजीगत खर्चतर्फ ३५ करोड ६० लाख ८५ हजार ३८० (६४.५३५ प्रतिशत) हुने पनि उनले जानकारी दिए । ‘कृषि, शिक्षा, उद्योग, व्यवसायमा उन्नतिः गौरीगञ्जवासीमा समुन्नति’ मूल नारासहित गाउँसभा सम्पन्न भएको थियो ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार ००:००