६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रिय टोलमा खानेपानी ट्यांकी र शौचालय



२५ पुस, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

जनप्रिय आमा समूहको सक्रियतामा महानगरपालिकाको ७ लाख ९६ हजार ५०० र आमा समूहको ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी पवित्रादेवी गुरुङले बताइन् ।

सो ठाउँको १३ आना एक पैसा १३ दाम सार्वजनिक जग्गामा १० हजार लिको पानी ट्यांकी तथा पुरुष र महिलाका छुट्टाछुट्टै शौचालय निर्माण गरिएको हो । पानी ट्यांकीको निर्माणपछि जनप्रिय टोलका एक हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । कास्कीका प्रअिज तारानाथ अधिकारीले ट्याङ्की र शौचालयको उद्घाटन गरेका छन् ।
रासस

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार ००:००