२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु



२५ पुस, भोजपुर ।
भोजपुरमा स्वास्थ्य बीमा दर्ताको काम सुरु भएको छ । बिमितको स्वास्थ्य बीमाका लागि भोजपुर जिल्लाभर खटिएका दर्ता सहयोगीमार्फत सोमबारदेखि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको हो ।

आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बिमितको नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले बताए ।

पाँच जनासम्मको परिवारले वार्षिकरुपमा दुई हजार ५०० को स्वास्थ्य बीमा गरेपछि वार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने सुनेपछि यहाँका स्थानीय स्वास्थ्य बीमाप्रति हौसिएका छन् ।

पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुर जिल्लाभर एकैसाथ कार्यक्रम शुरु गरिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार ००:००