१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन



२४ पुस, काठमाडौँ ।
काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासी लगायतले आवश्यक सहयोग जुटाएका थिए ।

नेपाल राष्ट्रिय ज्ञानमाला समिति र चारुमती बुद्धिष्ट मिसनको संयुक्त आयोजनामा भएको सो सफाइ अभियानपछि विहारमा रङरोगन गरी सिंगारिएको छ । उक्त स्थानमा सर्वसाधारणलाई अब फोहर नगर्न विहारले आग्रह गर्दै स्थानीय बौद्ध संघ संस्थाका प्रतिनिधिको सहभागितामा बुद्धपूजा पनि सम्पन्न भएको छ ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मका अनुसार करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकको छोरीले निर्माण गरेको चारुमती चैत्यको केही वर्ष अगाडि सामान्य मर्मत तथा जीर्णोद्धार गरिएको थियो ।

ऐतिहासिक सम्पदास्थलका रुपमा रहेको उक्त विहार क्षेत्रमा गर्न लागिएको सम्मेलनले बौद्ध साहित्यको प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास लिएको भिक्षु धम्मले व्यक्त गरे । यही पुस २७ देखि २९ गतेसम्म उक्त स्थानमा सम्मेलन हुँदैछ ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००