११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुखीपुर नगरपालिकाको बजेट करिब ३८ करोड



२३ पुस, लहान ।
सिरहाको सुखीपुर नगरपालिकाको प्रथम नगर परिषद्ले आर्थिक वर्ष २०७४/७५ का लागि विभिन्न शीर्षकमा करिब ३८ करोडको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

नगर परिषद्ले ३७ करोड ९५ लाख ८५ हजार ९८१ को बजेट तथा कार्यक्रम पारित गरेको नगर प्रमुख रामअवतार यादवले जानकारी दिए ।

पुँजीगत सुधार तथा सार्वजनिक निर्माण खर्चतर्फ १७ करोड ३७ लाख ८ हजार ४७८, वडास्तरीय योजना तथा कार्यक्रमतर्फ ६ करोड ३० लाख र सामाजिक सुरक्षा तथा बाल पोषणतर्फ ४ करोड ६३ लाख ३० हजार विनियोजन गरेको नगर प्रमुख यादवले बताए ।

नगरपालिकाले चालु आव २०७४/७५ मा नगरपालिका क्षेत्रभित्रका मुख्य सडक खण्डमा सौर्य बत्ती तथा दुवैतिर रूख र ढल निकास कार्य, सडक छेउमा रहेका घर–टहरा, हटाएर सार्वजनिक जग्गा व्यवस्थापन गर्ने, बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई नगरपालिकाबाट प्रदान गरिने सुविधाबाट वञ्चित गर्ने तथा वृद्धा भत्ता प्रत्येक वडा कार्यालय मार्फत घरघरसम्म पु¥याउने योजनासमेत नगर सभाले पारित गरेको प्रमुख यादवको भनाइ छ ।
रासस

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार ००:००