५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहरका भत्किएका संरचना मर्मतसम्भार हुँदै



२१ पुस, भद्रपुर ।
चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुर तदारुकतासाथ लागिपरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित भएका थिए ।

गौरीगञ्ज र जुरोपानी क्षेत्रका करिब एक हजार ५०० हेक्टर जग्गामा सिँचाइ हुने सो नहरको हेडवक्र्स निर्माण गर्न ४ करोड ७७ लाख ७८ हजारमा निर्माण गर्न कनकाई/एलपीएस जेभी र नहर सञ्चालनका लागि थप निर्माण गरिने संरचनाका लागि ३ करोड ५३ लाख लागतमा निर्माण गर्न याकथुमहाङ/एसएएस सत्तासी जेभीलाई ठेक्का दिइसकेको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिए ।

निर्माण हुने संरचना अगामी विसं २०७६ असार महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने यसका लागि निर्माण कम्पनीलाई द्रुतगतिमा काम अघि बढाउन डिभिजन प्रमुख तिवारीले निर्देशन दिए । ६ किमी लामो र ६ वटा शाखा रहेको सो नहरको संरचना पहिलेभन्दा बलियो बनाउने र यसका लागि चाहिने विज्ञ, प्राविधिक, इञ्जिनियरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको संरचनाका बारेमा शंका नगर्न पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक मोहनकुमार शाक्यले बताए ।

नहर जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम रिजालले यो नहर निर्माण यहाँका जनताको जीवन मरणको सवाल भएकाले यसलाई आगामी दिनमा दुरुस्त राख्नु गर्नुपर्ने उपाय अवलम्बन गर्न सिँचाइ विकास डिभिजन कार्यालयलाई आग्रह गरे ।
रासस

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार ००:००