६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शौचालय बनाउनेलाई १ हजार ५ सय दिइने



२१ पुस, कपिलवस्तु ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई १ हजार ५०० दिने भएको छ ।

हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले जानकारी दिए ।

महाराजगञ्जमा अहिलेसम्म ८० प्रतिशतले आफ्नो घरमा शौचालय बनाइसकेको पाण्डेले बताए । नगरपालिकाले स्थानीयले आफ्नो घरमा शौचालय बनाएपछि नगरपालिकाले एकमुष्ट १ हजार ५०० दिने भएको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले सरसफाइको काम गर्दै आएको र महाराजगञ्ज नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र बनाउने पहलका साथ जुटेको छ ।

नगरपालिकाले विहिबार सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै १५ दिनभित्र शौचालय निर्माण नभएमा नगरपालिका तथा वडाबाट पाउने सेवासुविधा रोक्का गर्ने निर्णय भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका ९वास० इकाइ संयोजक अनिल पाण्डेले जानकारी दिए ।

नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता र वडाबाट तथा नगरपालिकाबाट प्रदान हुने सबै सिफारिश रोक्का गर्ने भएको छ ।
रासस

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार ००:००