६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धोबीखोलाको पानी पिउनयोग्य बनाउन पहल गर्छुः कार्की



१७ पुस, काठमाडौँ ।
नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन आफूले पहल गर्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका १०, कपनस्थित नीलोपुलका बासिन्दासंग भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र ४ ख बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्न तथा स्थानीयको आयआर्जन र रोजगारीका साथै जैविक वस्तुको उपभोग गर्न गराउन आफ्नो सहयोग रहने स्पष्ट पारे ।

आफ्नो क्षेत्रको विकासका लागि छिट्टै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विषयका विज्ञहरुको छुट्टाछुट्टै समूह बनाई क्रियाशील गराइने, स्थानीय तहका समस्या समाधान र विकासका लागि सोही तह बूढानीलकण्ठ नगरपालिका संग आफूले समन्वय गर्ने आश्वासन पनि उनले दिए ।

नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का तथा बुद्धिजीवी सुरेश निरौला, थरेन्द्र बराल, सञ्जीव लामा, भगवती गिरीलगायतले नीलोपुलको सुधार, सुरक्षा र पानीको समस्याबारे प्रदेश सदस्य कार्कीलाई अवगत गराएका थिए ।
रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००