१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा सात हजार हेक्टर कृषियोग्य जमिन बाँझो



११ पुस, कलैया ।
बाराको कूल ६९ हजार ९६३ हेक्टर क्षेत्र कृषियोग्य क्षेत्र रहेकामा ६२ हजार ८२३ हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको छ । सात हजार १४० हेक्टर क्षेत्र बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताए ।

जिल्लामा एक हेक्टर क्षेत्रभन्दा कम जग्गा हुने ९४ हजार ३२४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार ६५६ घरधुरी तथा जग्गा नहुने ६६३ घरधुरी रहेको उनले बताए ।

सरकारले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याएकामा त्यससम्बन्धी ऐन कानून नभएकाले घोषित अवधारणा कार्यान्वयन हुन नसकेको बताइएको छ । वन जंगल ५२ हजार ५५९ हेक्टर क्षेत्र, चरन क्षेत्र दुई हजार ९४९ हेक्टर र नदीनाला, पहाड चार हजार ९२ हेक्टर रहेको छ ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००