१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुसिकोट नगरपालिकालार्इ पाँच वर्षभित्र नमुना बनाएर छाड्ने नगरप्रमुखको दाबी



११ पुस, गुल्मी ।
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले गाउँवासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच वर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दाबी गरेका छन् ।

मुसिकोट नगरपालिका १ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै प्रमुख सापकोटाले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख सापकोटाले अहिलेको समयमा राजनीतिक लडाइँ समाप्त भएको र सबै पक्ष मिलेर देशको विकास र समृद्धिका लागि अगाडि बढ्नु पर्ने बताए ।

साथै, प्रमुख सापकोटाले नगरले विकास निर्माणका पूर्वाधार अन्तर्गत मोटरबाटो, खानेपानी, विद्युत, शिक्षासंगै स्वास्थ्य क्षेत्रलाई समेत जोड दिएर काम अगाडि बढाइएको बताए । आगामी पाँच वर्षभित्र सबै वडावासीले आभाष गर्ने गरी विकासका पूर्वाधारले सम्पन्न बनाउन आफू निरन्तररुपमा अगाडि बढ्ने समेत बताए ।

सापकोटाले आजैदेखि सरकारी स्वास्थ्यचौकीसरह उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य उपचारका सेवा तथा सुविधा अब शहरी स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य उपचारको सेवा सुविधा आफ्नै घर नजिकै आएकाले उक्त स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा र सुविधा लिन स्थानीय बासिन्दालाई आग्रह गरे ।

उक्त स्थानमा स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारको लागि पनि टाढाटाढा गएर आफ्नो स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत थामडाँडा शहरी स्वास्थ्य केन्द्रको स्थापनासंगै स्वास्थ्य उपचार शुरु गरिएको छ ।

यता आफ्नो घर नजिकै थामडाँडामा स्वास्थ्य केन्द्रमार्फत अब भने झण्डै ४०० घरधुरीका स्थानीय बासिन्दाले प्रत्यक्षरुपमा स्वास्थ्योपचारको सेवा सुविधा पुग्ने सरस्वति माविका पूर्वप्रधानाध्यापक भिमलाल घिमिरेले जानकारी दिए ।

हाल केन्द्रमा एक अहेब र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मीले सेवा दिने नगर जनस्वास्थ्य संयोजक ढालबहादुर जिसीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००