५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४७ स्थानीय तहमा मोटरबाटो पुग्न बाँकी



स्थानीय खबर संवाददाता
काठमाडौं, १० पुस

सरकारले सबै स्थानीय तह र वडालाई सडक सञ्जालसँग जोड्ने पटक–पटक घोषणा गरे पनि अझै ४७ गाउँपालिका र नगरपालिकामा मोटरबाटो पुगेको छैन । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हिमाली तथा उच्चपहाडी क्षेत्रका स्थानीय तहहरूलाई सडक सञ्जालले छुन सकेको छैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार हुम्ला र डोल्पामा जिल्ला सदरमुकामलाई समेत केन्द्रीय सडक सञ्जालसँग जोड्न सकेको छैन । यसबाहेक उच्च अन्य जिल्लामा पनि सदरमुकामसम्म सडक पुगे पनि अरू स्थानीय तहसम्म सडक पुग्न सकेको छैन ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारले लक्ष्यअनुरुप सडक बिस्तार गर्न नसकेको स्वीकारे । “पछिल्लो समय राजनीतिक समस्या नभए पनि स्थानीय तहको कार्यान्वयन, निर्वाचनजस्ता काममा सबै अल्मलियौं,” थपलियाले भने, “अब सबै निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय तह सँस्थागत हुँदैछ । अब लक्ष्य अनुसार काम हुन्छ ।”

अधिकांश नगरपालिका तथा गाउँपालिका क्षेत्रीयस्तरका सडक हुँदै जिल्लास्तरीय सडकबाट केन्द्रीय सडक सञ्जालसँग जोडिएका छन् । जस्तो कि, वीपी राजमार्गबाट छुटिएका शाखा बाटोहरू काभ्रे, रामेछाप, सिन्धुली, ओखलढुङ्गा र सोलुखुम्बुका दर्जनौं स्थानीय तहसम्म पुगेको छ । ४७ स्थानीय तहमा भने शाखा सडक पनि पुगेकाे छैन ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार ००:००