५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिक्लाजुङ गाउँपालिकाकाे वडा कार्यालयलाई निशुल्क जग्गा



 

पुस ८, उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

मिक्लाजुङ– ८ को तोरीबारीमा सात कट्ठा जग्गा कार्यालय भवन निर्माणका लागि उपलब्ध गराइएको हो । स्थानीयवासी लालबहादुर बोहोरा, कृष्णप्रसाद ढकाल, मातृका ढकाल र लक्ष्मीप्रसाद पोखरेलले संयुक्तरुपमा सात कट्ठा जग्गा उपलब्ध गराएका हुन् । मिक्लाजुङ गाउँपालिकाको पहिलाे गाउँसभाले वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रूपैयाँ विनियोजन गरिसकेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए ।

उहाँका अनुसार आगामी सात दिनभित्रमा जग्गादाताले वडा कार्यालयको नाममा जग्गा रजिस्ट्रेशन पास गरिदिएपछि भवन निर्माण कार्यले गति लिनेछ । भवन निर्माणमा अपुग हुने थप रकम गाउँपालिकाले व्यहोर्ने जनाइएको छ । रासस 

प्रकाशित मिति : ८ पुस २०७४, शनिबार ००:००