२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकलाई पहिलो प्राथमिकता दिँदै परिषद् सम्पन्न



७ पुस, भोजपुर ।
आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाको गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिँदै विहिबार सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालू आवका लागि कुल २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो ।

यसमा शसर्त अनुदान ९ करोड ३७ लाख २३ हजार, निसर्त अनुदान १६ करोड ८२ लाख १७ हजार, गत वर्षको खर्च हुन बाँकी रकम ४६ लाख र अनुमानित आन्तरिक आय आठ लाख गरी सो बराबरको रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

सभाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । सडक विस्तारमा ५ करोड १६ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।
रासस

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार ००:००