७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागी हुँदा दर्जनौँ टहरा जले



६ पुस, खोटाङ ।
केपिलासगढी गाउँपालिका ४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएका छन् । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो ।

राति करिब २ बजेको समयमा आगलागी भएको थाहा भएपछि स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुनबाट जोगाइएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताए ।

गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो शुरु भएको पाइएकाले घटनालाई स्थानीयवासीले शंकास्पद मानेका छन् । टहरामा भएको आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
रासस

प्रकाशित मिति : ६ पुस २०७४, बिहिबार ००:००