१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शौचालय नबनाउने भाेजपुरबासीले सरकारी सेवा नपाउने



५ पुस, भोजपुर । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटक पटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको ७ र ९ नं वडाको केही स्थानीयले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट रोकिएको छ ।

मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय भेलाले आगामी माघ १५ गतेसम्ममा सबैलाई शौचालय निर्माण गर्न अनुरोध गर्ने र त्यो समयमा पनि शौचालय निर्माण नगर्नेको राज्यबाट पाउने सेवा सुविधा नै कटौती गर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आलेले बताए । यसका लागि घरघरमा पत्राचार गर्ने, स्थानीय सञ्चार माध्यमबाट सूचना सम्पे्रषण गर्ने बताइएको छ । रासस

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार ००:००