५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उज्यालो छथर अभियान शुरु



३ पुस, तेह्रथुम ।
तेह्रथुमको छथर गाउँपालिकाका सबै बस्तीमा विद्युत् विस्तारका लागि गाउँपालिकाले ‘उज्यालो छथर अभियान’ शुरु गरेको छ । विपन्न र पछाडि पारिएकाहरुको बसोबास रहेका बस्तीमा अहिले पनि विद्युत् विस्तार हुन नसकेको भन्दै गाउँपालिकाले सबै घरधुरीमा विद्युतीकरण गर्ने योजना अघि सारेको हो । छथर गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाइन पुगेपनि सबै घरधुरीमा विद्युत जडान हुन सकेको छैन ।

आर्थिकरुपमा विपन्नको बस्तीसम्म विद्युत्को पहुँच नपुगेकाले गाउँपालिकाले बस्तीका सबै घरधुरीमा बत्ती पु¥याउन चालू आव २०७४÷७५ को गाउँसभाबाट बजेट विनियोजन गरी ‘उज्यालो छथर अभियान’ शुरु गरेको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

सो अभियान सञ्चालनका लागि सबै घरधुरीको विवरण संकलन गरी विपन्न बस्तीमा विद्युतीकरणका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको हो । विद्युतीकरणको पहुँच नहुने बस्तीमा सोलार बत्ती जडान गरिने अध्यक्ष तिगेलाले बताए ।

गाउँपालिकाको प्रारम्भिक तथ्यांकअनुसार अहिले १८७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । उनीहरुलाई चालू आव भित्रै विद्युत् सेवाको उपलब्ध गराउन चालू आवमा १० लाख बजेट छुट्याएको उनले बताए ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकालाई दुई वर्षभित्र पूर्णरुपमा उज्यालो बनाउने लक्ष्य राखिएको छ । “दुर्गमका विपन्न बस्तीसम्म कसैको ध्यान पुगेको देखिएनँ, विपन्नले पनि उज्यालोमा बस्न पाउनुपर्छ,” अध्यक्ष तिगेलाले भने, “त्यसैले गाउँपालिकाले यस्तो नीति लिएको हो ।” अँध्यारोमा बस्नु पर्दा त्यस्ता बस्तीका बालबालिकाले राम्रो पढ्न लेख्न पनि पाएका छैनन् ।

विद्यालयलाई निःशुल्क जग्गा प्रदान

तेह्रथुमको आठराई गाउँपालिका ४, इवास्थित केलिङ आधारभूत विद्यालयलाई स्थानीय एक व्यक्तिले दुई लाख मूल्य बराबरको दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

विद्यालयको भवन निर्माणका लागि स्थानीयवासी कविहाङ इङ्नामले विद्यालयसंगै जोडिएको कित्ताबाट कटाएर दुई आना जग्गा प्रदान गरेका हुन् । इङ्नामले जग्गा उपलब्ध गराएपछि अब विद्यालयलाई भवन निर्माणका लागि सहज भएको प्रधानाध्यापक दलबहादुर इङ्नामले बताए ।

विद्यालयलाई चालू आर्थिक वर्षमै भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले अनुदान उपलब्ध गराएपनि विद्यालय परिसरमा आवश्यक जग्गा नहुँर्दा भवन निर्माणको काम अघि बढाउन समस्या भएको थियो ।
रासस

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार ००:००