६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला



३ पुस, चरिकोट ।
कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् ।

वडाध्यक्ष शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमतिविपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको बताए ।

भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिव भीमबहादुर बस्नेतलाई वडा नं ३ बाट ५ मा कामकाजका लागि खटाइएको भन्दै सरुवा गरेर सहायकस्तर पाँचौँका लक्ष्मी कार्कीलाइ वडा नं ३ मा सरुवा गरेपछि भीमेश्वर नगरपालिकामा कर्मचारी सरुवा विवाद शुरु भएको हो ।

अधिकृत नेपाल कर्मचारीको सरुवाका विषयमा विवाद बढ्न थालेपछि काठमाडौँ गएको नगरपालिकाका कर्मचारी बताउँछन् । अधिकृत नेपालले जिविसमा रहँदा झोला, फर्निचर, अन्य जिविसका सामग्री, मोटरसाइकल खरिदलगायतमा व्यापक घोटाला गरेको जिविसका कर्मचारीले नै आरोप लगाउने गरेका छन् ।
रासस

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार ००:००