१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुलाचुली जाने द्रूतमार्ग निर्माण गर्छौंः नेम्वाङ



 

१ पुस, इलाम । नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।

माई नगरपालिका–७ कपरसुक्कामा शनिवार आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनँले विकासमा पछि परेको सोयाक–महमाई हुँदै चुलाचुली पुग्ने दु्रतमार्ग निर्माण आफ्नो पहिलो एजेण्डा भएको दाबी गरे ।

महमाई र दानाबारीबीचमा पर्ने माईखोलामा पर्ने चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न उनले पनि आग्रह गरे । “यो पुल बनेपछि महमाईको कायापलट हुनेछ, महमाई शहर केन्द्रित हुन्छ”, उनले भने, “यहाँबाट महमाई, बाँझो, सोयाक, जितपुर आउजाउ गर्न सहज हुनेछ ।”

महमाई क्षेत्रको अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गर्ने बताउँदै उनले वाम गठबन्धनको सरकार गठन भएपछि विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने विचार व्यक्त गरे ।

उनले अब मुलुकलाई आर्थिक समृद्धि र विकासको पथतिर लैजाने बताउँदै पाँच वर्षभित्रमा जनताले अनुभूत गर्ने खालका ठोस योजना लागू गरिने दाबी गरे । रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००