१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको मंगला गाउँपालिका साक्षर घोषणा



१ पुस, बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । ५ वटा वडा रहेको गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर घोषणा गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बाबियाचौरमा आयोजना गरेको घोषणा कार्यक्रममा १५ देखि ६० वर्ष उमेर समूहका ११ हजार ७०८ जनामध्ये ९६।३५ प्रतिशत साक्षर बनेको जानकारी गराइएको थियो ।

छ वटा स्थानीय तह रहेको म्याग्दीका मंगला गाउँपालिकासहित पाँच वटा स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।

जिल्लाका ४५ मध्ये हालसम्म ४३ वडा साक्षर घोषणा भइसकेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । पुस १४ गते धौलागिरि गाउँपालिकाको ५ मल्कवाङ र ७ ताकमलाई साक्षर घोषणा गर्ने योजना छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षरता प्रतिशत बढोत्तरीले जिल्लाको परिचय बढ्ने र घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००