३ भाद्र २०७९, शुक्रबार | Fri Aug 19 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी खर्चमा गाउँकाे विकासमा लागेका सुन्दर



२६ मंसिर, पथरी– मोरङ ।
न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन्, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका ७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् ।

सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उनको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुलाई नतमस्तक बनाइदिएका छन् ।

स्थानीय कला र संस्कृतिको विकासका लागि पनि सहयोग पु¥याएका समाजसेवी श्रेष्ठले अब विद्यार्थीका लागि छात्रवृत्ति स्थापना गर्ने सोचाइ रहेको बताउछन् ।

उनकै एकल लगानीमा खेत भित्रभित्र बाटो बनेपछि स्थानीय काजी लिम्बू भन्छन्, “घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने समस्या अब छैन, गाडी आँगनमै आइपुग्छ ।
रासस

प्रकाशित मिति : १७ पुष २०२६, बिहीबार ०५:३०