१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा क्षेत्र नं १ मा एमालेका राना, कपिलवस्तु २ मा वाम गठबन्धनका गुप्ता विजयी



२४ मंसिर ।
पाल्पाः प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं १ का नेकपा एमाले का दलबहादुर रानाले ३२ हजार ५४९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ को प्रदेश ‘क’ बाट नेकपा एमाले का युवराज खनालले १७ हजार ८५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज ढकालले १३ हजार ६६० मत प्राप्त गरे ।

कपिलवस्तुः प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी भए । गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरे । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरे ।

नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा एमाले भित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००