१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खनाल र नेम्वाङको अग्रता



२३ मंसिर, इलाम ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नौ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले पाँच हजार ७५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी इलाम २ मा वाम गठबन्धनका सुवास नेम्वाङले नौ हजार ८४३ मत प्राप्त गर्दा कांग्रेसका केशव थापाले छ हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ क मा वाम गठबन्धनका राम रानाले पाँच हजार चार मत र कांग्रेसका डम्बर खड्काले चार हजार २२ मत प्राप्त गरे । प्रदेशसभा २ ख मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले चार हजार १४४ मत प्राप्त गर्दा कांग्रेसका नेता खगेन्द्र देवानले दुई हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा १ क मा वाम गठबन्धनकी खिनु लिम्बूले चार हजार ७९८ र कांग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गरे । प्रदेशसभा १ ख मा वाम गठबन्धनकै काजीमान कागतेले छ हजार ६७७ र कांग्रेसका दुर्गा बरालले तीन हजार ३३७ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००